Rule 8
छात्रवृत्ति छनौट समिति

(१) खुल्ला प्रतियोगिताद्वारा छात्रवृत्ति छनौट गर्ने कार्यको लागि देहायका सदस्यहरु रहेको एक छात्रवृत्ति छनौट समिति रहनेछः–

(क) सह–सचिव (उच्च शिक्षा तथा शैक्षिक व्यवस्थापन महाशाखा) शिक्षा मन्त्रालय – अध्यक्ष

(ख) शिक्षा मन्त्रालयले मनोनयन गरेका तीनजना विशेषज्ञहरु – सदस्य

(ग) उप–सचिव, (छात्रवृत्ति शाखा), शिक्षा मन्त्रालय – सदस्य–सचिव

(२) उपनियम (१) को खण्ड (ख) बमोजिमको सदस्य हुनको लागि कुनै विश्वविद्यालय वा सो अन्तर्गतका निकायमा शिक्षण वा अनुसन्धानको क्षेत्रमा कम्तीमा पन्ध्र वर्षको अनुभव हासिल गरेको हुनु पर्नेछ ।

(३) उपनियम (१) बमोजिम मनोनीत सदस्यको पदावधि दुई वर्षको हुनेछ ।

(४) छात्रवृत्ति छनौट समितिले आवश्यक देखेमा सम्बन्धित क्षेत्रको कुनै विशेषज्ञलाई सो समितिको बैठकमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।

(५) छात्रवृत्ति छनौट समितिको बैठक सम्बन्धी कार्यविधि सो समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ ।